About
Mero Vote is a citizen-led campaign to ensure the voting rights of Nepali living abroad. Mero Vote is not affiliated with any political party or organization.
Objective
Aware
Aware Nepali citizens living abroad of their right to vote. Remind them voting is a national duty, not only a right.
Start
Start a discussion on voting rights for Nepali living abroad to find the solution for disagreements, blockade, issues, and technical difficulties.
Ensure
Ensure the Government of Nepal is working to allow Nepali citizens living abroad to vote from their country of residence
Letter from the Campaign Lead
आफू जन्मिएको माटोबाट केही टाढा हुँदैमा सचेत नागरिकका लागि जन्मभूमिप्रतिको दायित्व कम हुँदैन र सकिँदैन पनि ।
मैले जुन दिन नेपालको माटोमा जन्म लिएँ, त्यही दिन नेपालले मलाई केही दायित्व सुम्पियो । ती दायित्व पूरा गर्न सहज होस् भन्ने हेतुले, केही अधिकार पनि प्राप्त भयो। अझ यसलाई प्रष्ट पारौं, मलाई देशले जन्मसिद्ध अधिकार दियो।
नागरिकको पहिलो दायित्व,
आफू जहाँ रहे पनि मन, वचन र कर्मले जन्मभूमिको उत्थानको लागि समर्पित हुनु हो ।
अर्को दायित्व,
जन्मभूमिको हित चाहनेहरूका लागि सहयोगी बन्नु हो।
अर्को दायित्व,
नेपाल निर्माणमा आफूले सिकेको जानेको ज्ञान बाँड्नु हो ।
त्यस्तै अर्को दायित्व,
नेपालको कानून र नीति निर्माण गर्न हाम्रो होइन, राम्रोलाई छान्नु हो ।
भौगोलिक रूपमा नेपालबाट टाढा हुनुको पीड़ा माटो छोडेको दिनदेखि नै सुरु हुन्छ र त्यो पीडा कुनै न कुनै रूपमा सधैँ नै रहन्छ । नेपाल र नेपाली सम्झेर केही लेख्दा, बोल्दा वा गर्दा कतिले तीखा वचन लगाउने, हतोत्साहित गर्ने गरेको पनि देखिन्छ र सुनिन्छ । उनीहरूको तर्क हुन्छ, ‘त्यस्तो माया हुनेले देश किन छोड्नु ?’ यस्ता वचन सुन्दा मनलाई सम्झाउन सकिँदो रहेनछ । मनमा कताकता चसक्क भई नै हाल्छ ।
मन चसक्क नहोस् भन्नका लागि जन्मभूमिबाट टाढा बस्नेले त्यस्तो कर्म गर्न जरुरी छ, जसले गर्दा त्यस्ता अप्रिय वचन आफैँ विलीन हुन् । जब निस्वार्थ भावले चोखो मन र पवित्र उद्देश्यले मातृभूमिका लागि केही गरिन्छ तब यस्ता अप्रिय वचन बोल्नेहरू आफसेआफ चुप हुन्छन । कसैको असान्दर्भिक आलोचनाले कसैको हृदयमा पनि जन्मभूमिप्रतिको माया र सम्मान घट्दैन । मातृभूमिको माया भनेको सायद यही हो । देशभक्ति भनेको यही हो ।
परिवर्तन आफूबाट सुरु हुन्छ भन्ने भावलाई आत्मसात गर्दा दायित्व सदैव अधिकारभन्दा अगाडि आउँँछ । त्यसैले मैले सधैँँ दायित्वलाई अधिकार भन्दा माथि राखेको छु ।
कुनै पनि देशले आफ्नो नागरिकलाई प्रदान गर्ने सबै अधिकार समान महत्त्वका हुन्छन् । तर ती अधिकार मध्ये पनि केही यस्ता अधिकार हुन्छन्, जसले देशप्रतिको दायित्व र कर्तव्यलाई बलियोसँग जोडेर राख्छ। त्यो अधिकार हो मताधिकारको प्रयोग।
नेपालको संविधानले निश्चित उमेर पुगेका योग्य नेपाली नागरिकले मत हाल्ने पाउने अधिकार सुनिश्चित गरेको छ । यो अधिकार संसारको कुनै पनि कुनामा रहेका नेपाली नागरिकको हकमा लागु हुन्छ ।
शैक्षिक, रोजगारी, व्यापारिक, कुटनीतिक जस्ता जून प्रयोजनले भए पनि यदि कोही वालिक नेपाली नागरिक विदेशमा छ भने, उसले आफू रहेको देशबाट पायक पर्ने तरिकाले नेपालको आमनिर्वाचनमा मताधिकार प्रयोग गर्न पाउनुपर्दछ।
विदेशमा बस्ने आफ्ना देशका नागरिकलाई भोट हाल्न दिने व्यवस्था विश्वको धेरै देशमा पहिले देखि नै प्रचलनमा छ । International Institute for democracy and electoral assistance’s (IDEA) Voting from Abroad नामक प्रतिवेदनको अनुसार द्दण्ण्ट सम्ममा विश्वका ११५ देशले ुविदेशमा बस्ने आफ्नो नागरिकलाई मताधिकार प्रदान गरेका छन् ।
आफ्नो मत प्रयोग गर्न पाउनु हरेक नागरिकको अधिकार हो । यसो अधिकार प्रयोग गर्ने सहज वातावरण बनाउने दायित्व सरकारको हो । झन् हाम्रो देश नेपालका त लाखौैँलाख नागरिक वैदेशिक रोजगारीका सिलसिलामा विदेशमा छन् । उच्च शिक्षा आर्जनका लागि विदेशिनेका सङ्ख्या पनि ठूलो छ । यस्तो स्थितिमा विदेशमा रहेका नेपाली नागरिकलाई मताधिकार प्रयोग गर्ने वातावरण नहुनु भनेको केवल कागजमा लोकतान्त्रिक हुनु हो।
‘मेरो भोट म जहाँ भए पनि’ अभियान आफूलाई पायक पर्ने स्थानबाटै विदेशमा हुने नेपाली नागरिकले आफ्नो मताधिकार प्रयोग गर्न पाउनुपर्छ भनेर सुरु गरिएको अभियान हो । यो विशुद्ध नागरिक समाजद्वारा सञ्चालित अभियान हो । आउनुस् हामी यस अभियानमा सँगसँगै अघि बढौँ । यसमा तपाईंहरूको पनि साथ आवश्यक छ ।
अन्तमा,
माटो छोड्दैमा
दायित्व सकिँदैन
अधिकार छेकिँदैन
क्षितिज राज लोहनी
नेपाली नागरिक
मेरो भोट अभियान
kshitijlohani.com